अरूण कावेली पावरको साधारण सेयर आवेदन खुला, बढीमा १५ हजार कित्ता आवेदन गर्न पाइने (संकलन केन्द्र सूचिसहित)

<p>काठमाडौं, ९ कात्तिक । अरुण कावेली पावर लिमिटेडको साधारण सेयर आजदेखि आवेदन खुला भएको छ । कम्पनीले २७ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि खुला गरेको छ । ३० लाख कित्ता सेयर बिक्री गर्नु पर्नेमा कर्मचारीलाई ९० हजार कित्ता र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएकोले सर्बसाधारणका लागि २७ लाख [&hellip;]</p>

काठमाडौं, ९ कात्तिक । अरुण कावेली पावर लिमिटेडको साधारण सेयर आजदेखि आवेदन खुला भएको छ । कम्पनीले २७ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि खुला गरेको छ । ३० लाख कित्ता सेयर बिक्री गर्नु पर्नेमा कर्मचारीलाई ९० हजार कित्ता र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएकोले सर्बसाधारणका लागि २७ लाख ४० हजार कित्ता छुट्याइएको कम्पनीले जनाएको छ ।

छिटोमा कात्तिक १२ गते आवेदन बन्द हुने यस सेयर कम्तिमा ५० र बढीमा १५ हजार कित्ता सेयर आवेदन गर्न सकिने छ । अरुण कावेली पावरको केन्द्रीय कार्यलय थापाथली, सिद्धार्थ बैंकको शाखाहरु काठमाडौं उपत्यकामा अनामनगर, त्रिपुरेश्वर, ठमेल, स्वयम्भू, शंखमुल, सातदोवाटो, पाटन, पुरानो बानेश्वर, महाराजगन्ज, कुमारीपाटी, कान्तिपथ, कलंकी, बौद्ध, गौंगबु, गठ्ठाघर, पोखराको वगर, विरौटा, बुद्धचोक, चिप्लेढुङ्गा, पस्याङ्ग, मोखरा मेन्न ब्रान्च, सभागृह, बर्दिवास, बौनिया, बेलटार, भैरहवा, विराटनगर, विरगंज, विएनवि, बुटवल, चन्द्रगढी, डडेलधुरा, दैलख, दमक, दमौली, धनगढी, धरान, घोराही, हेटौडा, इटहरी, जनकपुर, कैलाली, खाँदबारी, कोहलपुर, कृष्णनगर, महेन्द्रचोक, नाम्चे, नारायणगढ, परासी, सरस्वतीतगर, सिमरा, सिन्धुली, टाँडी, टिकापुर तुलसीपुर, उर्लाबारी र माछापुच्छ्रे बैंकको फिदिम शाखाबाट आवदेन गर्न सकिने कम्पनीले जनाएको छ ।

Share News