इन्डोनेसियन पुँजीबजारको अध्ययन भ्रमणपछि धितोपत्र बोर्डकाे निष्कर्ष, बचत संस्कृतिलाई लगानी संस्कृतिमा बदल्नु पर्ने

<p>काठमाडौं, २ कात्तिक । बचतको संस्कृतिलाई लगानीको संस्कृतिमा परिवर्तन गर्न लगानीकर्ता प्रशिक्षण कार्य विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकका नेपाल धितोपत्र बोर्डले औल्याएको छ । साथै बजार सहभागीहरु सरोकार व्यक्ति तथा संस्थालाई समेत नियममार्फत जिम्मेवार बनाउनु पर्ने आवश्यकता बोर्डले औल्याएको छ । विश्वको विकसित तथा उदीयमान धितोपत्र बजारको अध्ययन भ्रमण गर्ने गराउने क्रममा इन्डोनेसियाको पुँजीबजार, [&hellip;]</p>

dinesh_shresthaकाठमाडौं, २ कात्तिक । बचतको संस्कृतिलाई लगानीको संस्कृतिमा परिवर्तन गर्न लगानीकर्ता प्रशिक्षण कार्य विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकका नेपाल धितोपत्र बोर्डले औल्याएको छ । साथै बजार सहभागीहरु सरोकार व्यक्ति तथा संस्थालाई समेत नियममार्फत जिम्मेवार बनाउनु पर्ने आवश्यकता बोर्डले औल्याएको छ ।

विश्वको विकसित तथा उदीयमान धितोपत्र बजारको अध्ययन भ्रमण गर्ने गराउने क्रममा इन्डोनेसियाको पुँजीबजार, बैकिङ्ग, बीमा र पेन्सन योजनाको एकीकृत नियमन निकाय इन्डोनेसिया फाइनान्सियल सर्भिस अथोरिटी (ओजेक) तथा इन्डोनेसियन पुँजीबजारको अध्ययन भ्रमणको लागि धितोपत्र बोर्डको समन्वयमा एक हप्ते अध्ययन भ्रमण सम्पन्नपछि धितोपत्र बोर्डले उक्त निष्कर्ष निकालेको हो ।

बोर्डको सञ्चालक समिति सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा गरिएको उक्त अध्ययन भ्रमणमा बोर्डका विज्ञ सदस्य नीलबहादुर सारु मगर, बोर्डका निर्देशक डा. नवराज अधिकारी, नागरिक लगानी कोषका अध्यक्ष तथा पूर्व शिक्षा सचिव महाश्रम शर्मासहितका बोर्ड सदस्यहरु र मुख्य व्यवस्थापकको सहभागिता रहेको थियो ।

त्यस्तै, धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको पूर्ण सदस्यता प्राप्तिको तयारी कार्यलाई प्रभावकारी बनाउनको लागि तत्सम्बन्धी कार्यको जिम्मेवारी एक ‘प्रतिवद्ध टिम’लाई दिनुपर्ने र बोर्डको पुँजीबजार सम्बन्धी नियमन स्वायत्ततामा वृद्धि गर्नु पर्ने जनाएको छ ।

इन्डोनेसियाको विकसित धितोपत्र बजार एव्ां वित्तीय क्षेत्रको स्वायत्त एकीकृत नियमन निकायबाट पुँजीबजार एवं नियमन सम्बन्धी विभिन्न पक्षहरुको अध्ययन गर्ने क्रममा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको एशोसियट सदस्य नेपालले साधारण सदस्यता प्राप्त गर्न गर्नुपर्ने तयारी, धितोपत्र व्यापारी, बजार निर्माता सम्बन्धी व्यवसाय संचालन पूर्वाधार तथा व्यवस्था, लगानीकर्ता शिक्षा, धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षणका विविध पक्षहरु र पुँजीबजार तथा पेन्सनकोष सञ्चालन गर्ने महत्वपूर्ण संस्थाहरु सम्बन्धी जानकारी प्राप्त बोर्डले जनाएको छ ।

अध्ययन भ्रमणको क्रममा लगानी कम्पनीको रुपमा रहेको सूचिकृत कम्पनी नागरिक लगानी कोषले प्रदान गर्ने विभिन्न सेवाहरु र योजनाको सहभागीहरुको सुरक्षाको लागि कोषको गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण हुनुपर्ने तथा धितोपत्र व्यापारीको कार्य गर्न नागरिक लगानी कोषमा उच्च दक्ष व्यवसायिक जनशक्तिको व्यवस्था एवं आन्तरिक सुशासनमा सुधार हुनुपर्ने ज्ञानबोध भएको बोर्डले जनाएको छ ।

Share News