काठमाडौं, २ कात्तिक । हिन्दुजा ग्रुप अन्तर्गतको फ्ल्याग्शिप ब्राण्ड, अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय रोड तथा लोडको अनुसार जिरो एमिशन भेहिकलको रुपमा अनावरण गरिएको हो ।

भारतको तामिल नाडुका चिफ सेक्रेटरी अम्बुज शर्मा आइ.ए.एसका अनुसार – “भारतको पहिलो तथा भारतमै निर्मित पूर्णरुपमा विद्युतीय बसलाई सर्वसाधारणको यातायातका लागि प्रयोगमा ल्याउन पाएको एउटा निकै ठूलो उपलब्धी हो र अशोक लेलैण्डले यो कामयाबी हासिल गरेकोमा हामी एकदमै खुशी छौं । यस गाडीले सरकारको ८ लाख करोडको फ्यूल आयात घटाउने लक्ष्यलाई सहायता गर्ने र स्वच्छ भविष्यको लक्ष्य प्राप्तिमा सहयोग गर्नेछ ।”
उक्त बसलाई सन् २०२० सम्म इलेक्ट्रिक/हाइब्रिड भेहिकलको संख्या २०५ ले बढाउने लक्ष्य लिएको नेशनल इलेक्ट्रिक मोबिलिटी प्लान अनुरुप बजारमा ल्याइएको हो । जिरो टेलपाइप एमिशन तथा न्यून ध्वनि प्रदुषण बाहेक उक्त बसले संचालन खर्च पनि न्यून बनाउने छ ।
अशोक लेलैण्डका म्यानेजिङ्ग डाइरेक्टर विनोद दशारीका अनुसार – “यस बसले ग्राहकहरुलाई करीब ४–५ वर्ष भित्रमा पे—ब्याक प्रदान गर्नेछ । यो सर्किट बसको सिरिजको अनावरणले अशोक लेलैण्डको भारतको टेक्नोलोजिकल इन्नोभेसन प्रयोग गरी सान्दर्भिक तथा वर्गमै उत्कृष्ट समाधानहरु भारत लगायत विश्वलाई नै पस्कने प्रतिबद्धता अझै प्रमाणित गरेको छ ।” अशोक लेलैण्डले हाल १२ टन बसको वर्गमा ६०५ बजार ओगट्न सफल छ ।