काठमाडौं, १ कात्तिक । युरोपियन बिजिनेस एसेम्ब्लीले फ्रान्समा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई ‘म्यानेजर अफ दि इयर’बाट सम्मान गरेको छ । साथै, उक्त एसेम्ब्लीद्धारा बैंकलाई बेष्ट इन्टरप्राइजेज पुरस्कार प्राप्त भएको छ ।

पुरस्कार फ्रान्सको केन्समा प्रदान गरिएको हो । कार्यक्रममा एसिया, युरोप, अफ्रिका तथा मध्यपूर्वका ३६ देशका विभिन्न कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।