विश्वका सर्वाधिक मूल्यवान कम्पनी, एप्पल शिर्षस्थानमा कायम, कसको कति प्रतिशत शेयर बढ्यो?

<p>काठमाण्डौं, १ कार्तिक। अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एप्पल इङ्क सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । इण्टरब्राण्डले सार्वजनिक गरेको बेष्ट ग्लोबल ब्राण्ड्ज शीर्षकको प्रतिवेदनअनुसार १ खर्ब ७८ अर्ब डलर ब्राण्ड मूल्यसहित एप्पल सूचीको शीर्ष स्थानमा रहेको छ । १ वर्षअघिको तुलनामा यस वर्ष कम्पनीको ब्राण्ड मूल्य ५ प्रतिशत बढेको छ । सूचीको दोस्रो स्थानमा १ खर्ब [&hellip;]</p>

काठमाण्डौं, १ कार्तिक। अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एप्पल इङ्क सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । इण्टरब्राण्डले सार्वजनिक गरेको बेष्ट ग्लोबल ब्राण्ड्ज शीर्षकको प्रतिवेदनअनुसार १ खर्ब ७८ अर्ब डलर ब्राण्ड मूल्यसहित एप्पल सूचीको शीर्ष स्थानमा रहेको छ ।

apple_company

१ वर्षअघिको तुलनामा यस वर्ष कम्पनीको ब्राण्ड मूल्य ५ प्रतिशत बढेको छ । सूचीको दोस्रो स्थानमा १ खर्ब ३३ अर्ब डलरसहित अल्फाबेट इङ्कको भगिनी कम्पनी गूगल इङ्क सूचीको दोस्रो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार विगत १ वर्षमा कम्पनीको ब्राण्ड मूल्य ११ प्रतिशत बढेको छ ।

सूचीको तेस्रोदेखि पाँचौं स्थानसम्म अमेरिकी हल्का पेय निर्माता कम्पनी कोकाकोला, सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेशन र जापानी अटोनिर्माता कम्पनी टोयोटा मोटर रहेका छन् ।

Image result for cocacola

अमेरिकी चिपनिर्माता कम्पनी आईबीएम कर्पोरेशन, कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्स, अमेरिकी अनलाइन रिटेलर अमेजन डट कम, जर्मन लक्जरी अटोनिर्माता कम्पनी मर्सिडिज बेञ्ज, अमेरिकी विद्युतीय कारनिर्माता कम्पनी जनरल इलेक्ट्रिक सूचीको छैटौंदेखि १०औं स्थानमा रहेका छन्।

समीक्षा अवधिमा सामाजिक सञ्जाल फेसबूक इङ्क, ई–कमर्श कम्पनी अमेजोन र खेलौना निर्माता कम्पनी लेगो ब्राण्ड मूल्यमा सबैभन्दा धेरै वृद्धि हासिल गर्ने कम्पनी भएको प्रतिवेदनमा उल्लेख छ ।

Image result for toyota

१ सय बहुमूल्य कम्पनीको सूचीमा यस वर्ष प्रविधि र अटोमोबाइल कम्पनीले २९ स्थान ओगटेका छन् । ब्राण्डको वित्तीय प्रदर्शन, उपभोक्तामा यसको प्रभावलगायतका पक्षलाई दृष्टिगत गरेर सूची तयार पारिएको हो ।

यस सूचीमा पहिलोपटक फ्रान्सेली फेशन ब्राण्ड डियोर र अमेरिकी अटोनिर्माता कम्पनी टेस्ला मोटर्स पर्न सफल भएका छन् । यी दुई कम्पनी क्रमशः सूचीको ८९औं र १ सयौं स्थानमा छन् । जर्मन लक्जरी फेशन ब्राण्ड ह्युगो बोस, अमेरिकी अटोकम्पनी शेभ्रोले भने सूचीबाट बाहिरिएका छन् ।

एजेन्सीको सहयोगमा

Share News