सिभिल बैंक र इन्टरनेशनल लिजिङ्गको सोमबारदेखि एकिकृत कारोवार शुरु

<p>काठमाडौं, ३० असोज । सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी एक आपसमा गाभिई सोमबारबाट (२०७३ कार्तिक १) संयुक्त कारोवार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भई उक्त कम्पनीको कारोबार भोलिदेखि हुन लागेको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको [&hellip;]</p>

civil_bankकाठमाडौं, ३० असोज । सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी एक आपसमा गाभिई सोमबारबाट (२०७३ कार्तिक १) संयुक्त कारोवार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भई उक्त कम्पनीको कारोबार भोलिदेखि हुन लागेको छ ।

मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । सिभिल बैंकले २३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनिक फाईनान्स र २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यो खरिद पछी बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर दिने बताएको छ । साथै, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए ।

Share News