कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस दिने, पूँजी २४ करोड रुपैयाँ पुग्ने

<p>काठमाडौं, ३० असोज । कञ्चन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंकको १०५औं सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले परित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता [&hellip;]</p>

kanchan_dev_bankकाठमाडौं, ३० असोज । कञ्चन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय आइतबार बसेको बैंकको १०५औं सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले परित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी २४ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब साढे ६ सय रुपैयाँमा कारोबार भएको छ ।

Share News