धादिङमा झन्डै ३ अर्वको तरकारी, जिल्लाभर ७६ हजार मेट्रिक टन तरकारी उत्पादन

<p>काठमाडौं ३०, असोज । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका समाचार आइतबारको कारोबार दैनिकमा खबर छापिएको छ । केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै तरकारी बेचन किसानाहरु अहिले छोराछोरीलाई [&hellip;]</p>

काठमाडौं ३०, असोज । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् ।
राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका समाचार आइतबारको कारोबार दैनिकमा खबर छापिएको छ ।
green-veg
केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै तरकारी बेचन किसानाहरु अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौंको तरकारी बेच्ने भइसकेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ६ हजार २२ हेक्टर ९१२ हजार ४ सय ४० रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।

जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ ।

जिल्लाको छत्रेदेउराली, जीवनपुर, नौबिसे, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी र भुमेस्थान गाविस व्यवसायीक तरकारी पकेट क्षेत्र हुन ।

Share News