काठमाडौं, २८ असोज । सेती फाइनान्स लिमिटेडले १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय लिएको छ । सो प्रयोजनको लागि कात्तिक १० गते कम्पनीको बुक क्लोज हुने भएको छ ।
उक्त निर्णय गत असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल फाइनान्सको चुक्ता पूँजी ६३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।