पर्यटक सवारीले पहिचान भएका पर्यटक मात्रै बोक्न पाइने, हरियो नम्बर प्लेटको विवाद कायमै

<p>काठमाडौं, २७ । हरियो नम्वर प्लेटका पर्यटकीय सवारी साधानले अब पहिचान भएका पर्यटक मात्रै बोक्न पाउने भएका छन् । सरकारले गत भदौ तेस्रो साता स्वीकृत गरेको सवारी तथा यातायात व्यवस्था नियमावली २०७३ अनुसार पहिचान नभएका पर्यटक हरियो नम्वर प्लेटका सवारी साधनले बोक्न नपाउने भएका छन् । नियमावलीको दफा २ को (ङ)मा पर्यटक सवारीले पर्यटक बाहेक [&hellip;]</p>

काठमाडौं, २७ । हरियो नम्वर प्लेटका पर्यटकीय सवारी साधानले अब पहिचान भएका पर्यटक मात्रै बोक्न पाउने भएका छन् । सरकारले गत भदौ तेस्रो साता स्वीकृत गरेको सवारी तथा यातायात व्यवस्था नियमावली २०७३ अनुसार पहिचान नभएका पर्यटक हरियो नम्वर प्लेटका सवारी साधनले बोक्न नपाउने भएका छन् ।
tourist-bus
नियमावलीको दफा २ को (ङ)मा पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा सवारी साधानको दर्ताको प्रमाणपत्र ६ महिनासम्मका लागि निलम्बन गर्ने उल्लेख छ । नियमावलीको दफा ४ को (ग)मा पनि पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था पनि रहेको छ । सरकारले ल्याएको यो व्यवस्थाले पर्यटक सवारीले पर्यटक पहिचान गरेर मात्रै पर्यटकीय सेवा दिनुपर्ने भएको छ ।

सरकारले ल्याएको यो कार्यविधि अनुसार पर्यटक पहिचान गराएर मात्रै सेवा दिनुपर्ने भएको पर्यटक बस व्यवसायी संघका अध्यक्ष श्रीकान्त आचार्यले बताए । उनका अुनसार सरकारले कार्यविधि पारित गरेर व्यवसायीसमक्ष पनि जानकारी आइसकेका छ । ‘सरकारले ल्याएको संसोधि कार्यविधिको व्यवस्थाको मस्यौदामा पर्यटक बाहेक गैरपर्यटक बोक्न नपाइने भन्ने व्यवस्था राखिएको थियो’, आचार्यले भने । व्यवसायीको पहलमा गैरपर्यटक शब्द हटेकोले पर्यटकीय सेवामा कुनै समस्या नहुने बताए । पर्यटक पहिचान गर्ने विषयमा पर्यटक सवारीले पर्यटकीय गन्तव्यमा पुग्ने र घुम्ने उद्देश्य बोेकेका बाहेकलाई सेवा नदिने भएकोले पनि समस्या नहुने तर्क दिए । उनका अनुसार पर्यटक को हुन भनेर चाहिँ पर्यटन मन्त्रालयले पहिचान गर्नुपर्छ ।

पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवत्ता दुर्गादत्त ढकालका अनुसार भने आन्तरिक र वाह्य दुबै पर्यटक हुन । पर्यटन ऐन तथा नीति तथा नियमावलीले नै स्पष्ट रूपमा पर्यटक पहिचान गरेकोले पर्यटकीय सेवामा कुनै समस्या हुँदैन । उनका अनुसार आज भन्दा अगाडि जसरी पर्यटक सवारीले सेवा दिएका छन्, भोली पनि त्यसैगरी तर व्यवस्थित ढंगबाट सेवा दिने ढकालको भनाइ छ । उनका अनुसार बाहिर हल्ला भएजस्तो पर्यटक सवारी संचलनमा कुनै असहजता छैन । पर्यटन मन्त्रालयले अनुमति दिएका र पर्यटक सवारीका रूपमा दर्ता भएकाले आफ्नो उद्देश्य खुलाएर सेवा दिन पाउँछन् । पर्यटन मन्त्रालयले पनि पर्यटक सवारीलाई दर्ता गरेरै अनुमति प्रदान गरेको छ । कुनै असहज अवस्था भए एक सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वयन गरेर मिलाउन सकिन्छ, यसका लागि व्यवसायीले प्रक्रियागत रुपमा माग र सुझाव दिनुपर्ने पनि उनको भनाइ छ ।

पर्यटकको पहिचान कसरी ?
एउटा गन्तव्यबाट अर्को गन्तव्यमा घुम्न जाने उद्देश्यले निस्किएका सबै नेपाली तथा विदेशी पर्यटक हुन । ‘दसैं तथा अन्य चाडबाडमा घर, माईत, मावली तथा ससुराली जाने नेपाली चाँहि पर्यटक होइन्’, पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढाकालले भने ।

पर्यटक गाडीले यस्ता गैर पर्यटकलाई सेवा पनि नदिने उनको छ । विश्व पर्यटन संगठनले नै घुम्ने उद्देश्य खुलाएर निस्कने पर्यटक मानेको छ भने नेपालको कानूनले पनि घुम्ने उदेश्यले पोखरा, चितवन, लुम्बिनी सहितका पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुन भनेर पहिचान गरेको ढकालले जानकारी दिए । नयाँ पर्यटकको पहिचान गर्ने र पर्यटक सवारीमा को राख्ने र को नराख्ने भनेर बहस गर्ने नपर्ने पर्यटन मन्त्रालयको भनाइ छ । घुम्ने उद्देश्यले हिडेका सबै नेपाली पर्यटक भएको स्पष्ट व्यवस्था हुँदाँहुनै पुन पहिचानको जरुरी नभएको पनि पर्यटन मन्त्रलयको भनाइ ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार पनि घुम्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँको पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुने बताए । उनका अनुसार हरियो नम्बर प्लेटका सवारी साधनले आम नेपाली नागरिक (गैरपर्यटक) बोक्न नपाइने भनेको हो, पर्यटकलाई बोक्न नपाइने भनेको छैन ।

नेपाल पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष साङ्गे लामाका अनुसार विस २०३७ देखि रातो नम्बरप्लेटमा सेवा दिएको अवस्थामा अहिले सबै सिजनमा सबै पर्यटकलाई हरियो नम्बरप्लेटमा सेवा दिए गाह्रो हुने बताए । यसका लागि हरियो नम्बरप्लेटको कमी भएको अवस्थामा रातो नम्बरप्लेटका सवारीले समेत सेवा दिन पाउनुपर्ने पनि बताए ।

Share News