जुवामा सबैभन्दा धेरै गुमाउने १० मुलुकहरू, जहाँ ८० प्रतिशत युवा युवती जुवा खेल्छन्

<p>काठमाडौं, २५ असोज /दशैं तिहारलाई धार्मिक सांस्कृतिक मान्यताका अवला जुवा खेल्ने अवसरका  रूपमा पनि हेर्न थालिएको छ । चाडबाडमा खेलिने जुवामा धेरैले कमाउने गरेका छन भने धेरैले सर्वस्व गुमाउने पनि गरेका छन् । संसारमा यस्ता केही मुलुक छन जसलाई जुवा घरका रुपमा हेरिन्छ । एच टु ग्याम्बलीङका अनुसार संसारमा १० वटा मुलुकलाई जुवा घरका रुपमा [&hellip;]</p>

काठमाडौं, २५ असोज /दशैं तिहारलाई धार्मिक सांस्कृतिक मान्यताका अवला जुवा खेल्ने अवसरका  रूपमा पनि हेर्न थालिएको छ । चाडबाडमा खेलिने जुवामा धेरैले कमाउने गरेका छन भने धेरैले सर्वस्व गुमाउने पनि गरेका छन् । संसारमा यस्ता केही मुलुक छन जसलाई जुवा घरका रुपमा हेरिन्छ ।

gambling

एच टु ग्याम्बलीङका अनुसार संसारमा १० वटा मुलुकलाई जुवा घरका रुपमा चिनिन्छ । ती देशको अर्थतन्त्रले जुवा घरबाट ठुलो मात्रामा राजश्व संकलन गर्दै आएका छन् । तर त्यहाँ जनताले भने बर्षेनी जुवाको खालमा आफ्नो सम्पति गुमाउने गरेका छन् । जसका कारणले समाजमा अशान्ति र अपराध बढेको आरोप पनि खेपिरहेका छन् ।

यी हुन संसारका जुवा घरका रुपमा चिनिएका १० मुलुक

अष्ट्रेलिया प्रति व्यक्ति १२०० डलर गुमाउँछ
अष्ट्रेलियामा ८० प्रतिशत युवाहरु कुनै न कुनै प्रकारको जुवामा सामेल हुने गरेका छन् । अष्ट्रेलियामा जुवाबाट जितिएको सम्पतिमा कर लाग्दैन् अझै नागरिकलाई थप अनुदानको व्यवस्था गरिन्छ । जुवा खेलाउनेहरुलाई भने ठुलो मात्रामा कर लगाइएको हुन्छ र सरकारको १० प्रतिशत राजश्व समेत जुवा घरबाटै प्राप्त हुन्छ । एक अध्ययनले अष्ट्रेलियाका युवाहरुले बार्षिक १२०० डलर औषत रकम जुवामा हार्ने गरेका छन् ।

मोनाश युनिभर्सीटीका अध्येताहरुका अनुसार पुर्वोत्तर राज्यहरुमा जुवाको लत बढि छ र जसले गर्दा अपराध र घरेलु हिंसा र मानसिक बिरामीहरुको संख्या बढिरहेको छ ।

सिंगापुर
सिंगापुरका युवाहरुले बार्षिक औषत ११७४ डलर जुवाको खालमा गुमाउने गरेका छन् । सन २०१० मा सिंगापुरमा मेरिना बे स्याण्ड र रिसोर्ट्स वल्र्ड सेन्टोसा नामका दुई वटा क्यासिनो खोलिए । यी दुबैमा विदेशी पर्यटकलाई निःशुल्क प्रवेश र सिंगापुरेका लागि एक सय डलर प्रवेश शुल्क तोकियो । सिंगापुरे नागरिकलाई क्यासिनो प्रवेशमा निरुत्साहित गर्न एक सय डलर प्रवेश शुल्क तोकिए पनि त्यो असफल भयो । अहिले सिंगापुरका नागरिकले प्रति बर्ष ११७४ डलर गुमाउँदै आएका छन् ।

आयरल्याण्डः ५८८ डलर बार्षिक
द लक अफ आइरिस नामको विश्वासलाई आइरिस जुवाडेहरुले अझै पनि विश्वास गर्छन् । यद्यपी आयरल्याण्डमा क्यासिनोलाई अबैधानिक मानिन्छ । तर कानुनको आखाँ छल्दै प्राइभेट क्लबहरुले भित्रभित्रै क्यासिनो सञ्चालन गरिरहेका छन् । यो देश बिशेष गरि खेलकुदमा बाजी थाप्नेहरुका लागि परिचित छ । यहाँ अनलाइनबाट पनि ठुलो मात्रामा जुवा सञ्चालन गरिन्छ । पेडी पावर आयरल्याण्डको सबै भन्दा ठुलो र पहिलो जुवा सञ्चालन गर्ने कम्पनी हो । यसको अनलाईन बजार भन्दा स्थानिय बजार पाँच गुणा बढि ठुलो रहेको मानिन्छ । यहाँका जनताले बार्षिक ५८८ डलर जुवामा गुमाउने गरेको बताइन्छ ।

क्यानाडाः ५६८ डलर
क्यानाडामा सबै तिर जुवालाई बैधानिकता प्रदान गरिएको छ । यद्यपी देशका १० वटै प्रान्तमा आ आफ्नै नियमद्धारा जुवालाई व्यवस्थित गरिएको छ । पोकर, खेलकुद र स्किल गेम्सहरुमा क्यानेडियन जुवाडेहरुको बिशेष रुचि रहेको छ । प्रत्येक क्यानेडियन नागरिकले बार्षिक ५६८ डलर जुवाको खालमा हार्ने गरेका छन् । यसलाई मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा मान्ने गरिएको छ ।

फिनल्याण्डः५५३ डलर बार्षिक
फिनल्याण्डमा जुवा घरबाट संकलन गरिएको राजश्वलाई सामाजिक सुरक्षाका क्षेत्रमा खर्च गरिँदै आइएको छ । यस मुलुकका नागरिक बर्षेनी औषतमा ५३३ डलर गुमाउने गरेका छन् ।

इटाली
इटालीका जनताले बर्षेनी औषतमा ५१७ डलर जुवाको खालमा हार्ने गरेका छन् । पछिल्लो केहि बर्षदेखि इटाटीले जुवालाई प्रोत्साहन दिँदै आएको छ । नयाँ क्यासिनो खोल्नेदेखि सञ्चालन प्रक्रियालाई सहज बनाईरहेको छ । युरोपमै इटालीलाई क्यासिनो सञ्चालनका लागि उपयुक्त मुलुक मानिन्छ ।

हङकङ
हङकङका नागरिकहरुले प्रत्येक बर्ष ५०३ डलर हार्ने गरेका छन् । सरकारले आधिकारीक रुपमा जुवा घर सञ्चालनको व्यवस्था गरेको छ । हङकङ जकी क्लबले त्यहाँ सबै भन्दा ठुलो करदाताका रुपमा योगदान पुर्याउँदै आएको छ । हङकङका नागरिकले अनलाईन जुवालाई प्राथमिकता दिँदै आएको बताइन्छ ।

नर्वे नर्वेका नागरिकले बार्षिक औषत ४४८ डलर जुवामा हार्ने गरेका छन् तै पनि त्यहाँ जुवालाई अबैधानिक मानिन्छ । सन २०१० मा सरकारले बैंकका कार्डहरुबाट क्यासिनो वा जुवा घरमा रकम तिर्न नपाउने व्यवस्था ल्याएको थियो । तैपनि त्यहाँ जुवाका पारखीहरुमा कुनै कमी आएको छैन् ।

ग्रीस
ग्रीसका नागरिकले बर्षेनी ४२० डलर रुपैंयाँ जुवामा हार्ने गरेका छन् । पछिल्लो समय ग्रीस चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । जसको कारणका रुपमा जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । ग्रीसमा सरकार लगानीमै क्यासिनो तथा जुवा घरहरु सञ्चालनमा रहेका छन् ।

ग्रीस सरकारले २ दशमलब ३ बिलियन डलर रुपैंयाँ क्यासिनोलाई तिर्न बाँकी नै छ । ग्रीसको आर्थिक संकटको कारण जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । विश्व बैंक र मुद्रा कोषले ग्रीस सरकारलाई सरकारी उद्योग तथा कलकारखाना निजीकरण गर्नका लागि ठुलो दबाव दिईरहेका छन् ।
स्पेन
स्पेनका नागरिकले बर्षेनी औषतमा ४१८ डलर हार्ने गरेका छन् । स्पेन खेलकुदमा बाजी लगाउनेहरुका लागि परिचित छ । त्यहाँको स्पेनले २० प्रतिशत कर चिठ्ठाबाट प्राप्त गर्ने गरेको छ । त्यहाँको ६० देखि ६५ प्रतिशत जुवा ग्रे मार्केटमा हुने गरेको छ ।

Share News