काठमाडौं, २३ असोज । पोषण विद क्रिस गुनार्सले अथोरिटी न्युट्रिशन डटकमका लागि एक आलेख लेखेर मासुका सात वटा फाइदाबारे उल्लेख गरेकी छिन् । उनले मासु सेवन छोड्नु नपर्नाका सात कारण भनेर उनले लेखेको सो लेखमा मासुका फाइदाबारे चर्चा गरिएको छ । पछिल्लो केहि दशकदेखि मासुलाई धेरै रोगहरुको कारणका रुपमा आरोप लगाइँदै आइएको छ ।
तर नयाँ रोगका लागि हामीले लामो समयदेखि खाँदै आएको पुरानो आहार मासुलाई दोष दिईरहेका छौं । यहाँ मासु खान छोड्नु नपर्ने सात कारण उल्लेख गरिएका छन् । जीव र वनस्पति दुबै खाएर हामी राम्रो काम गर्न सक्छौं /
१)क्रमबद्ध विकास इतिहास हेर्दा चरणदेखि पुर्व मानव जाति देखि मानव जातिको विकासका क्रममा पनि हामीले मासुको सेवन गरेका थियौं । हाम्रो पाचन प्रणालीको बनोट नै प्रोटिन र पोषणहरु पचाउन सक्ने खालको छ । सत्य कुरा यो पनि हो की मानव जाति सर्वहारी प्राणी हो अर्थात मानिस शाकाहरी र मांशाहारी दुबै हो ।
शाकाहारी जीवको भन्दा मानिसको पाचन प्रक्रिया पनि धेरै छोटो हुन्छ । शाकाहारी जीवको पाचन प्रक्रियाका लागि छुट्टै कुनै अंग पनि हुँदैन् । १ लाख ५० हजार बर्ष पहिले नै हाम्रा पुर्खाहरुले मासु खाने गरेको ऐतिहासिक तथ्यहरुले समेत देखाइसकेका छन् ।
२) मासुमा पोषण हुन्छन्
उच्च गुणस्तरको मासुमा उच्चस्तरको पोषण हुन्छ ।
१०० ग्राम भिटामिन बी१२, बी३, बी६, आइरन लगायतका पदार्थ हुन्छ । बी१२ भिटामिन साधारण खानाबाट प्राप्त नहुने भएकाले त्यसका लागि मासु नै सेवन गर्नुपर्छ । मासु नखानेहरुमा भिटामिन बी१२ को कमि हुने गरेको छ ।
३) मुटुरोग र मधुमेहको कारण मासु होइन
मुटुरोग र मधुमेह रोगको कारकका रुपमा मासुलाई आरोपित गरिँदै आइएको छ । मासुमा रहेको अधिक बोसोका कारण मासुलाई यी रोगको कारक मानिएको हो तर मिथकमा परिणत भैसकेका छन् । पछिल्ला अध्ययन अनुसन्धानहरुले मुटुरोग र मधुमेहको कारण बोसो नभएको पुष्टि गरिसकेका छन् ।
हार्भड युनिभर्सीटीले १२ लाख १८ हजार ३ सय ८० जनामा गरेको विस्तृत अध्ययनले मुटुरोग तथा मधुमेह रोगको मासुसँग कुनै सम्बन्ध नभएको देखाएको थियो ।
४) मासुमा उच्च गुणस्तरको प्रोटिन पाइन्छ ।
प्रोटिनहरु अमिनो एसिडहरु जोडिएर निर्माण भएका रेसादार आकृतिका हुन्छन् । ९ प्रकारका अमिनो एसिड मानिसले उत्पादन गर्न सक्दैन जुन खानाबाट मात्रै प्राप्त हुन्छ । जीवजन्तुका मासुबाट हामीले ती ९ वटै प्रोटिन प्राप्त गर्न सक्छौ तर वनस्पतिमा ती सबै नहुन सक्छन् ।
हाडहरुको बलियोपनका लागि प्रोटिन नभै नहुने पदार्थ हो । बुढेशकालसम्म गतिशिल रहन र हाड भाँचिने समस्याबाट जोगिन पनि प्रोटिन आवश्यक पर्छ । यी समस्याहरुबाट जोगिन प्रोटिनको सेवन आवश्यक हुन्छ र त्यसका लागि मासु खानु पर्छ ।
५)मासु र क्यान्सरको कमजोर न्युन सम्बन्ध
मासु र क्यान्सरका बिचमा सम्बन्ध हुन्छन भन्ने केहि अध्ययनहरु अघि सारिएका छन् । तर तारिएको रातो मासुसँग मात्रै क्यान्सरको झिने सम्बन्ध हुन्छ भनिएको छर त्यस्ता अनुसन्धानहरु स्वंय अवलोकनका आधारमा तयार पारिएका हुन जुन असान्दर्भीक र अप्रमाणित छन् । मासुको उचित प्रयोग गरेको खण्डमा क्यान्सरको कुनै सम्भावनै रहन्न तर मासुलाई अधिक तारेर वा डढाएर खाँदा भने त्यस्तो सम्भावना रहन्छ नै ।
६) मासु खान छोड्नु पर्नाको ठोस प्रमाणित कारण अझै पत्ता लागेको छैन् ।
अझैसम्म मासु खान छोडेपछि स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने प्रमाण अझै फेला परेको छैन् । त्यसरी अघि सार्ने प्रयास गरिएका अध्ययनहरु पनि फगत अवलोकनका आधारमा तयार पारिएका प्रतिवेदनहरु हुन जसले ठोस आधार पेश गर्न सकेका छैनन् ।
मांशाहारी भन्दा शाकाहारी धेरै स्वस्थ हुन्छन् भन्नुको कारण भनेको शाकाहारीहरु मांशाहारीको तुलनामा स्वास्थ्य प्रति अलि बढि नै सचेत हुन्छन् । शाकाहारी खानाका कारण उनीहरु स्वस्थ भएको नभएर आफ्नो बानी व्यवहार र स्वास्थ्य प्रतिको सचेतताका कारण मात्रै अलि बढि स्वस्थ देखिएका हुन् ।
७) मेडिसिन डेल्लीका अनुसार
मासुबाट ठुलो मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ जसले शरिरलाई बलियो बनाउन मदत गर्छ । यसमा रहेको आइरन, जीन्क लगायतले शरिरमा होमोग्लोबिनको मात्रा बडाउन सहयोग गर्छ । त्यस बाहेक यसमा रहेको भिटामिन ए, बी र डीले चिन्तन शक्ति, हाडको बजबुति, मानशिक स्वास्थ्य लगायतमा ठुलो सहयोग गर्दछ ।