काठमाडौं, २८ असोज । माछापुच्छ्रे बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरज श्रेष्ठले कार्यभार सम्हालेका छन् । श्रेष्ठलाई असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।
श्रेष्ठको कार्यकाल भने आज अर्थात असोज २८ गतेबाट सुरु भएको हो । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम कार्यकाल सकिएपछि श्रेष्ठलाई सिइओ नियुक्त गरिएको थियो ।
को हुन निरज श्रेष्ठ ?
श्रेष्ठले सन १९८९ देखि तत्कालिन ग्रिनलेज बैंक(हालको स्ट्याण्डर्ड चाटर्ड बैंक)बाट बैंकिङ करिअर आरम्भ गरेका हुन् । ग्रीनलेज हुँदै स्ट्याण्डर्ड चाटर्ड बैंकसम्म आईपुग्ग्दाले सो बैंकमा १३ बर्षसम्म काम गरे । श्रेष्ठले एस फाइनान्समा करिब ३ वर्षसम्म काम गरे । त्यसपछि उनी तत्कालिन एनआइसी बैंकमा जोडिन पुगे । जीएमका रुपमा एनआइसी बैंकमा नौ बर्षसम्म काम गरेका श्रेष्ठले पछिल्लो पटक ग्लोबल आइएमई बैंकमा जोडिन पुगेका थिए ।श्रेष्ठले केहि समय अघि मात्रै ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।
५१ बर्षिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।