‘नेपालको हवाई उडानबारेको भ्रम चिरियो, चाडैँ इयूको कालोसूचीबाट हट्ने’

<p>काठमाडौं, २१ असोज । संस्कृति, पर्यटन तथा नागरिक ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई क्षेत्र सुरक्षित रहेको सन्देश गएको बताएका छन् । क्यानाडामा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९ औँ महासभामा सहभागी भएर फर्किने क्रममा मन्त्री शाहीले वल्र्ड एभियसन फोरममा भाग लिँदा आइकाओका १९१ देशमा नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्ने भ्रम चिर्न सफल भएको [&hellip;]</p>

jivan-bahadur-sahi_uddyan_mकाठमाडौं, २१ असोज । संस्कृति, पर्यटन तथा नागरिक ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई क्षेत्र सुरक्षित रहेको सन्देश गएको बताएका छन् । क्यानाडामा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९ औँ महासभामा सहभागी भएर फर्किने क्रममा मन्त्री शाहीले वल्र्ड एभियसन फोरममा भाग लिँदा आइकाओका १९१ देशमा नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्ने भ्रम चिर्न सफल भएको बताए ।

मन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई इयुले असुरक्षितको सूचिमा राखे पनि आइकाओको प्रतिनिधिले नेपालको समस्या धेरै ठूलो नभइ साना समस्या समाधान हुँदा हवाईक्षेत्र थप सुरक्षित हुने बताइएको जानकारी दिए । ‘हवाई सुरक्षामा अन्य देश हामीभन्दा पनि कमजोर छन् तर उनीहरुको हकमा सेफ्टी कन्सर्नको कुरा छैन ।’ उनले भने, “आइकाओले चिन्ता नगर्नु, मान्छे पठाइदिन्छौँ भनेका छन् ।”

मन्त्री शाहीकाअनुसार नेपालको बारेमा भ्रम फैलिएको भए पनि (डब्ल्यूएफपी)ले नेपालमा हेलिकप्टरले सुरक्षित उडान गरिरहेको छ भन्ने रिपोर्ट दिएपछि त्यो भ्रम चिरिएको छ । उनले भने–“१९१ औंँ देशमा यात्रु ट्राफिकमा नेपाल ८० औँं स्थानमा छ, विश्वमा हाम्रो स्थिति त्यती पनि नराम्रो छैन, आइकाओको मापदण्ड ६० भएमा नेपालको अवस्था ५८ रहेको छ ।”

आइकाओमा आवद्ध धेरै देशले नेपालमा पर्यटनको सम्भावनाप्रति सकारात्मक सोच राखेको पनि मन्त्री शाहीले बताए ।मन्त्री शाही नागरिक उड्ययनको प्राविधिक टोलीसहित गत असोज ९ गते क्यानडा गएका थिए ।

चाडैँ इयूको कालोसूचीबाट हट्ने

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपाली आकासलाई कालोसूचीमा राखेकोमा आइकाओसामु नेपालले फुकुवा गर्न जोडदार माँग गरेको छ । आइकाओको ३९ औँ महासभाका अवसरमा नेपालले आवश्यक मापदण्ड पूरा गरिसकेकाले कालोसूचीवाट हटाउन आग्रह गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए ।

“हामी भन्दा कमजोर देश पनि उड्डयन सुरक्षाको कालोसूचीमा छैनन् नेपालको उड्डयनले धेरै कुरामा प्रगति गरेको छ, तपाईहरु आएर अडिट गर्नुस् भनेका छौँ, उनीहरुले फेब्रुअरिमा अडिट गर्ने समय दिएका छन्, चाँडै कालोसूचीबाट हट्नेछ,”–उनले भने ।

सन् २०१३ मा आइकाओले नेपालको हवाई उडानसम्बन्धमा केहि समस्या देखाउँदै इयूको कालोसूचीमा राखेको थियो । रासस

Share News