काठमाडौं, २१ असोज । नेपाल एसबिआई बैंक लिमिटेडले ६७ हजार ७ सय ६७ कित्ता एफपिओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले एफपिओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
नेपाल एसबिआई बैंकले असोज १८ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनएमबी क्यापिटल मार्फत सो मात्रामा एफपिओ जारी गर्न अनुमति मागेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैंयाँ रहेको छ ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३३ करोड नाफा कमाएको थियो । जगेडा कोषमा ३ अर्ब ९ करोड रुपैंयाँ रहेको बैंकले आफ्नो पुँजी वृद्धिको योजना अनुसार एफपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो । हाल बैंक सेयर मुल्य प्रति कित्ता १९३५ रुपैंयामा कारोबार भैरहेको छ ।