नयाँ नोट लैजानुस् , एक हजार साट्दा ५० रुपैयाँ मात्र हो । कुन कुन नोट कति कतिको चाहिन्छ आवश्यता अनुसार लैजान सक्नु हुन्छ । धेरै लान्छु अलि कम गरिदिनुस् न । अदि बढी भयो, दश हजारको लैजान्छु क्या । हाम्रो दरनै त्यहि हो । चार सयसम्ममा मिलाई निनुस् न । हुँदैन । त्यसो भए चार सय ५० रुपैयाँमा दिनुुस् न हुन्न् । पैसा साट्न सजिलो छैन । एक जनालाई दुई ब्यान्डलका दरले मात्र दिन्छ । दिननै माया मार्नु पर्छ । त्यो रेट त धेरै र ठूला नोट लानेलाई हो । नत्र, सय कडा पाँच लाग्छ ।

माथिको संवाद रत्नपार्कमा नयाँ नोट साट्ने खुद्रे व्यापारी र ग्राहकहरुबीचको हो । रत्नपार्क, सुन्धारा, नेपाल वायुसेवा निगम अगाडीको माइक्रोबस रोक्ने स्थानमा सजिलै देख्न पाइन्छ। यी मौसमी व्यापारीहरुले अहिले दिनमै एक लाख रुपैयाँ भन्दा बढीका नयाँ नोटहरु साट्ने बताउँछन् ।
बजारमा केही पैसा बढी तिरे सजिलै नयाँ नोट प्राप्त गर्न सकिन्छ । तर, नेपाल राष्ट्र बैंकमा नयाँ नोट साट्नका लागि लाइन बसेमा दिनै माया मार्नुपर्ने वाध्यता छ । त्यो पनि पँहुचवालाले नयाँ नोटको लागि नत धाएर राष्ट्र बैंकमा नोट साट्नका लागि लाइन बस्नु पर्छ न त बढी पैसा तिरेर नै लिनुपर्छ । उनीहरुको घरमा सजिलै चाहिएको जति नोट आइपुग्छ । राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट दिन थालेको दिन असोज १६ गते उपभोक्ताहरुको भिडमै राष्ट्र बैंक परिषरमै फायरिङसम्म भयो । त्यहाँ फायरिङ गरेर पहुँचवालाले पालो मिच्न पाइन भनी पदको दुरुपयोग गरे ।
निजी बैंकलाई राष्ट्र बैंकले यस अघिनै नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो । सो अवधिमा बैंकहरुले करिब साढे ३ अर्बभन्दा माथिनै नयाँ नोट पनि साटे । त्यो साटिएको नोट कुनै बैंकहरुसँग पनि आफ्ना ग्राहकलाई साट्नका लागि छैन । बैंक कर्मचारी, उनका आफन्त तथा पहुँचवालालाई दिँदैमा सकिएको छ । केही बैंकले आफ्ना ग्राहकलाई नोट साटिदिए पनि पर्याप्त भने छैन । प्राय ग्राहकहरु रित्तो हाल फर्कनु परेको छ ।
राष्ट्र बैंकले व्यवहारिक पक्षलाई नबुझ्दा उपभोक्ताले दुःख पाएको ग्लोवल नेपाल राष्ट्र बैंकमा नोट साट्न गएका चोभारका रामबाबु केसीले बताए । ‘यदि राष्ट्र बैंकले ग्राहकको सङख्या अनुसार नयाँ नोटको व्यवस्था गरिदिएको भए निजी बैंक पनि ग्राहकलाई नोट बाड्न वाध्य हुन्थे,’ उनले भने ‘ग्राहकले पनि सहजै नयाँ नोट पाउथे, लाइन बसी सहनु पर्ने थिएन । निनी बैंकहरुले आफूहरुसँग नयाँ नोट सकिएको राष्ट्र बैंकबाट ल्याउन सके दिन्छौं भनी उपभोक्ताहरुलाई आश्वसन दिँदै आएका छन् ।
विश्व डिजिटल प्रविधिको प्रयोगबाट क्लिक गरेकै भरमा सम्पूर्ण काम फत्य गर्न थालिसके भने हामी भने अझै पनि नयाँ नोट साट्नका लागि घण्टौ लाइन बस्दैछा्रै । नयाँ नोट साट्न आउने ग्राहकलाई सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भगवान दाहालले भने ‘अब नोट साटेर दक्षिणा दिने नभइ मोबाइल बैकिङ सुविधामा जानुपर्छ, सहज र सरल पद्धती डिजिटल प्रविधिको प्रयोगबाट प्राप्त हुने सेवा सुविधालार्य विस्तार गर्दै लैजानुपर्छ ।’ राष्ट्र बैंकले बजारमा पठाउने भनेको करिब ७ अर्ब नोट दशैंको टिकाको प्रयोगमा मात्र लेजान पाएको भए आम उपभोक्ताले सास्ती पाउने थिएनन् ।