काठमाडौं, २१ असोज । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ ।
हिमालयन डिष्टीलरी भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित एक संस्था हो । हिमालयनले यसअघि प्रिमियम ह्वीस्कीका दुई ब्राण्ड सिग्राम्स् रोयल स्ट्याग र सिग्राम्स् ब्लेण्डर्स प्राइडको नेपालमा उत्पादन एवम् त्यसको विक्रि वितरण समेत गरिसकेको छ ।
न्यून मुल्य वर्गमा परिचित ह्वीस्की ‘गोल्डेन ओक’ र हिमालयन अयलाः (परम्परागत नेवारी मदिरा) यसै कम्पनीद्वारा उत्पादित नेपाली बजारमा नाम चलेका मदिरा हुन् । रोयल ट्रेजरले ‘बहुमुल्य स्कटीश जौ र नेपालमै उत्कृष्टरुपले छनौट गरिएको ‘ग्रेन स्पिरीट’ को अद्वीतिय मिश्रण’ भनीे लेबलमा आफूलाई व्याख्या गरेको छ । स्वादमा अत्यन्तै उत्कृष्ट यस ह्वीस्कीलाई ध्यानपूर्वक तयार पारिएको छ ।
कम्पनीका अनुसार बजारमा ७५० मिलिलिटरको बोतलमा पाइने उक्त ह्वीस्कीको मूल्य १२०० रुपैयाँ रहेको छ । त्यसैगरि ३५० मि.लि.र १८० मि.लि.को बोतलमा उपलब्ध हुने रोयल ट्रेजरको मुल्य क्रमशः ६०० र ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।