काठमाडौं, २१ असोज । सर्बसाधारण समूहको १ लाख ६८ हजार ५३१ कित्ता सेयर बोलबकोलमा बिक्री बारे सानिमा बैंकले सूचना लुकाएको छ । बैंकले उक्त सेयर असोज १७ गते बाँडफाँड भएको जनाएको छ । सेयर बाँडफाँड प्रक्रिया अपारदर्शी भएको एक आवेदकले बताए ।
बैंकले यस सम्बन्धि बास्तविक जानकारी दिन नमानेको ती आवेदकको दावी छ । बैंकले शुक्रबार कारोबार दैनिक पत्रिकामा सूचना जारी गरेर सेयर बाँडफाँड भएको जनाएको छ । उक्त सूचनामा धधध।कबलष्mब।अबउष्तब िमा हेर्नु भनिएको छ । तर उक्त वेवसाईट खुलेको छैन । नखुल्ले साईटमा सूचना राखेको बहाना बनाएर बैंकले सूचना लुकाएको ती सेयरधनीको गुनासो छ ।
यसबारे बैंकसँग सम्पर्क गर्दा प्रविधिक समस्या आएकोले वेवसाईट नखुलेको बताए ।