काठमाडौं, २१ असोज । सिद्धार्थ बैंकले सर्बसाधारण सेयरधनीको लागि ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ११ गतेदेखि मंसिर १५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले ४ बराबर १ को अनुपानका हकप्रद सेयर जारी गरेको हो । सिद्धार्थ बैंकको १०० कित्ता सेयर हुनेले २५ कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । बैंकले हकप्रद सेयरमा प्रिमियम नराखी प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन गरेको छ । हाल यो बैंकको सेयर प्रतिकित्ता ११ सय रुपैयाँ भन्दा बढीमा कारोबार भईरहेको छ ।
हाल बैंकले सेयर पुँजी ३ अर्ब २ करोड २० लाख रुपैयाँ रहेकोमा हकप्रद सेयर जारी पछि सेयर पुँजी ३ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ ।