काठमाडौं, २० असोज । कन्काई विकास बैंकले २० प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १ दशमलब ३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय आइतबार बसेको बैंक सञ्चालक समितिले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ ।
हाल बैंकको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ पुग्ने छ ।