बैतडी– काठमाडौं एसी बस सञ्चालन, प्रतियात्रु भाडा ६४५ रुपैयाँ

<p>बैतडी, २० असोज । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी– काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरु गरेको छ । यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी बिहीबारदेखि बैतडी– काठमाडौं एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिए । बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ । [&hellip;]</p>

बैतडी, २० असोज । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी– काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरु गरेको छ । यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी बिहीबारदेखि बैतडी– काठमाडौं एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिए । बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ ।

“लामो यात्रामा यात्रुलाई समस्या भएपछि एसी बस सञ्चालन गरेका हौं,” महासचिव कँडेलले भने । बैतडीबाट दैनिक एउटा बस बिहान ७ बजे सदरमुकाम गोठलापानीबाट तथा काठमाडौंबाट बिहान ११ बजे गङ्गबु बसपार्कबाट छुट्ने समितिले जनाएको छ ।

बैतडीबाट काठमाडौंको भाडा प्रतियात्रु दुई हजार ४३० रुपैयाँ तोकिएको छ । हाललाई बैतडी–काठमाडौं छ वटा एसी बस सञ्चालन भए पनि छिट्टै थप छ वटा बस थप्ने तयारी समितिले गरेको छ । यस्तै समितिले बैतडी–महेन्द्रनगरसम्म समेत पहिलोपटक एसी बस सञ्चालनमा ल्याएको छ । बैतडी र महेन्द्रनगरबाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ भने भाडादर प्रतियात्रु ६४५ रुपैयाँ कायम गरिएको छ ।

सदरमुकाममा अवस्थित बसपार्कमा यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको छ । लामो समयपछि बसपार्क सञ्चालनमा आए पनि यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको बताइएको छ । रासस

Share News