काठमाडौं, २० असोज । देवः विकास बैंकले २ बराबर १ (५० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ४४ करोड ५ लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद सेयर ल्याउन लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ३८१ रुपैयाँमा कारोबार भएको छ ।
देवः विकास बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।