काठमाडौं, २० असोज । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय पास भएको छ । बिहीवार सम्पन्न बैंकको आठौं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको छ ।
उक्त सभाले आथिर्क वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७२/७३ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरण छलफल गरी पारित गरेको छ ।
साधारण सभामा संस्थाका शेयरधनीहरुले संचालक समितिको अध्यक्ष अजय श्रेष्ठले आ.व.२०७२/७३ मा सञ्चालन गरेको नेपालका विद्यमान बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी बैंकिङ् सर्टिफिकेट कोर्स अन्तर्गत लेभल वानको कोर्ष जुनियर एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युटको सञ्चालन पश्चात आगामी आर्थिक वर्षमा लेभल टु को कोर्ष चाटर्ड एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युट थालनी गरिने जानकारी गराएका छन् ।