बजारमा दोहोरो अंकको सुधार, सबै समूह उक्लिए, ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं, २० असोज । यो साताको शुरुदेखि नै लगातार बढेको सेयर बजार आज अन्तिम दिन पनि दोहोरो अंकले बढेको छ । लगातार बढिरहेको छ । बिहीबार नेप्से परिसूचक १३ दशमलब २८ अंकले बढेर १८१९ दशमलब ८८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३० कम्पनीको १५ लाख कित्ता सेयर एक [&hellip;]</p>

nepse_thursdayकाठमाडौं, २० असोज । यो साताको शुरुदेखि नै लगातार बढेको सेयर बजार आज अन्तिम दिन पनि दोहोरो अंकले बढेको छ । लगातार बढिरहेको छ । बिहीबार नेप्से परिसूचक १३ दशमलब २८ अंकले बढेर १८१९ दशमलब ८८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३० कम्पनीको १५ लाख कित्ता सेयर एक अर्ब रुपैयाँमा किनबेच भएको छ । बुधबारको तुलनामा आज कारोबार रकममा पनि सुधार भएको छ ।

बिहीबार कारोबार भएका ७ वटै समूह सूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १०४ अंकले उक्लिएको छ । त्यस्तै बीमा, हाइड्रोपावर, विकास बैंक क्रमशः ६४, २५ र २३ अंकले उकालो लागेका छन् । बाँकी अन्य समूह भने सामान्य अंकले वृद्धि भएका छन् ।

nepse_thursday1सो दिन फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै अन्य ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । ज्योति विकास बैंक, कुमारी बैंक, कसमस बैंक र जेबिल्स फाइनान्सका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डका १ का लगानीकर्ताले करिब साढे ३ प्रतिशत गुमाएका छन् ।

बजारमा बैंक अफ काठमाडौं लुम्बिनीको १३ करोड ९३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

Share News