काठमाडौं, २० असोज । कसमस डेभलपमेन्ट बैंकले २४ दशमलब ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ दशमलब ६० प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलब २४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी १० करोड २९ लाख रुपैयाँ पुग्ने छ । सो दिन बैंकको प्रति कित्ता सेयर करिब ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।