एनसेलले दियो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत प्रेमकृष्ण श्रेष्ठलाई बाइक

<p>काठमाडौं, १९ असोज ।  एनसेलले ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ । श्रेष्ठलाई एनसेलको बाग्मती सेल्स टिमले एक कार्यक्रम माझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल [&hellip;]</p>

काठमाडौं, १९ असोज ।  एनसेलले ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ ।

ncell_gives_bike

श्रेष्ठलाई एनसेलको बाग्मती सेल्स टिमले एक कार्यक्रम माझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रा.लि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो ।

यस अघि यो योजना अन्र्तगत मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेजका संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।

Share News