काठमाडाैं, १९ असाेज । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा सम्पन्न यस माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर दिने संस्थाको प्रस्ताव पारित गरेको छ । साथै, माइक्रो फाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
त्यसै गरी सभाले सर्वसाधरण सेयर धनीहरुका तर्फबाट सञ्चालक पदमा युवराज क्षेत्री, बामदेव गौली र गोर्खाज फाइनान्स लि।लाई निर्विरोध निर्वाचित गरेको छ । फाइनान्सको तर्फबाट एक सञ्चालन आउने छन् ।