हुन्डाईको ‘फ्रि चेक अप क्याप’ योजना, असोज २० गतेदेखि शुरु

<p>काठमाडौं, १९ असोज । नेपालको लागी हुन्डाई गाडीको एक मात्र अधिक्रित बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लिले ‘हुन्डाइ हाइवे असुरेन्स’– हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमा [&hellip;]</p>

काठमाडौं, १९ असोज । नेपालको लागी हुन्डाई गाडीको एक मात्र अधिक्रित बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लिले ‘हुन्डाइ हाइवे असुरेन्स’– हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याप स्थापना गरेको छ ।

hyundai-assurance-fb

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरु सँग मनाउने उद्देश्यले हुन्डाई गाडिमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको आयोजकले बताएका छन् । यस फ्रि चेक अपमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडिको फ्रि चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट तथा कुलल्यान्टको मात्रा कम भएमा निस्शुल्क थप व्यवस्था गरिदिने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका बिभिन्न स्थानबिर्तामोड(काँकरभित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), डालीमा रिसोर्ट पार्किंङ (कुरिनटार), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्रि चेक अप पोइन्टको स्थापना गरीएको छ ।

यसका साथै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटरसम्म रोडसाइड असिसट्यान्टको पनि व्यवस्था गरिने कम्पनीले जनाएको छ । कार्यक्रम असोज २० देखी २२ गते सम्म बिहान १० बजे देखी साझ ६ बजे सम्म सञ्चालन हुनेछ ।

Share News