लक्ष्मी बैंकको ५५औँ शाखा बागलुङ्गमा

<p>काठमाडौं, १९ असोज । लक्ष्मी बैंकले आफ्नो ५५ औँ शाखा बागलुङ्गमा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरु माझ बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा मार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गर्ने बैंकले [&hellip;]</p>

काठमाडौं, १९ असोज । लक्ष्मी बैंकले आफ्नो ५५ औँ शाखा बागलुङ्गमा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरु माझ बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

laxmi_branch_baglung
उक्त शाखा मार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी बैंकले व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ ।

बैंकले अब ५५ शाखा, २ विस्तार काउन्टर र ७५ एटिएमबाट ग्राहकलाई सुबिधा दिने भएको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्व १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि समयमा बैंकले करिब ११५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

Share News