प्रभु बैंकको सेयर कारोबार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन, मर्जपछि एकिकृत कारोबार मात्र गर्न पाईने

<p>काठमाडौं, १८ असोज । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । प्रभु बैंक र ग्राण्ड बैंक मर्जपछिको सेयर धितोपत्र बोर्डमा अभिलेख नभएको र आंशिक रुपमा मात्र सेयर कारोबार खुला गरेको भन्दै बोर्डले बुधबारदेखि उक्त बैंकको सेयर कारोबार स्थगन गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ [&hellip;]</p>

sebonकाठमाडौं, १८ असोज । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । प्रभु बैंक र ग्राण्ड बैंक मर्जपछिको सेयर धितोपत्र बोर्डमा अभिलेख नभएको र आंशिक रुपमा मात्र सेयर कारोबार खुला गरेको भन्दै बोर्डले बुधबारदेखि उक्त बैंकको सेयर कारोबार स्थगन गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

साविकको ग्रान्ड बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई २०७२ माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार संचालन भएको थियो । एकिकृत कारोबार भएको करिव ८ महिनापछि अर्थात असोज १७ गतेदेखि प्रभु बैंकको सेयर कारोबार आशिंक रुपमा मात्र कारोबार भएको थियो ।

‘गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात संगठित संस्थाको सेयर बोर्डमा अभिलेख गरेर मात्र सेयर कारोवार हुने व्यवस्था भएकोमा साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभिई बनेको प्रभु बैंकको सेयर यस बोर्डमा अभिलेख नगरी आशिंक रुपमा खुल्ला भएको सेयर कारोबार असोज १९ गतेदेखि कारोबार स्थगत गर्न नेप्सेलाई निर्देशन दिइएको’ धितोपत्र बोर्डले जनाएको छ ।

साथै अब उप्रान्त गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात एकीकृत सेयरको मात्र कारोवार गर्ने व्यवस्था गर्न समेत नेपाल स्टक एक्सचेञ्जलाई बोर्डले निर्देशन दिइएको छ ।

Share News