प्रभु बैंकको दुई नयाँ शाखा मन्थली र चन्द्रनिगाहपुरमा

<p>काठमाडौं, १८ असोज । प्रभु ब्रैंकले रामेछाप जिल्लाको मन्थली र रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा  बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले छुट्टा छुट्टै समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका छन् [&hellip;]</p>

काठमाडौं, १८ असोज । प्रभु ब्रैंकले रामेछाप जिल्लाको मन्थली र रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा  बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले छुट्टा छुट्टै समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका छन् ।

prabhu_branch_manthali-1
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये खाडिचौर र बीरगंज शाखा कार्यालयलाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Share News