बुम रेमिट्यान्सको एजेन्टमा जनता बैंक नेपाल नियुक्त

<p>काठमाडौं, १८ असोज । बुम रेमिट्यान्स प्रा.लीले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेश बाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । जनता बैंक नेपालका सबै शाखाहरुले बुम रेमिट् सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुत्तानी पनि गर्न सक्ने छ । बुम [&hellip;]</p>

काठमाडौं, १८ असोज । बुम रेमिट्यान्स प्रा.लीले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ ।

agent_of_boom_remit-janata_

बुम रेमिट मार्फत नेपालीले विदेश बाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । जनता बैंक नेपालका सबै शाखाहरुले बुम रेमिट् सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुत्तानी पनि गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।

उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक कल्याण बिक्रम पाँडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

Share News