सम्झौताको कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव, नेपाली पक्ष अन्योलमा

<p>काठमाडौं १७, असोज । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको समाचार मंगलबारको दैनिकमा छापिएको छ। सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको [&hellip;]</p>

काठमाडौं १७, असोज । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको समाचार मंगलबारको दैनिकमा छापिएको छ।

सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो। नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि तथा विद्युत दिने भारतले सर्त राखेको छ।hydro

एथेना प्लान्ट निर्माण सम्पन्न भएपछि आयात गर्ने सम्झौता भएको थियो । तर समयमै निर्माण नभएपछि अब के गर्ने भन्नेमा दुवै पक्ष अन्योलमा छन्।

नेपाल विद्युत प्राधिकरणले डिसेम्बरभित्र २२० केभीको प्रशारण लाइन चार्ज गर्ने लक्ष्य राखेको छ भने एथेनाको समेत८५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ।

प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले समयमै प्रशारण लाइन चार्ज र एथेना प्लान्ट निर्माण नभएकाले सम्जौता कार्यान्वयनमा नआएको बताए।

Share News