काठमाडौं, १७ असोज । सोमबार नेप्से परिसूचक साँढे १६ अंकले उकालो लागेको छ । परिसूचक १६ दशमलब ६२ अंकले उकालो लागेर १७८० दशमलब ४० अंकमा पुगेको छ । सो दिन १३६ कम्पनीको ८ लाख ९६ हजार कित्ता सेयर ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।
सो दिन बजारमा ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्रभु बैंक, बैंक अफ काठमाण्डौं लुम्बिनी, ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सबैभन्दा बढी नमस्ते वित्तिय संस्थाले करिब ७ प्रतिशत गुमाएका छन् ।
सोमबार अन्य समूहको परिसूचक बाहेक बाकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३५ अंकले उकालो लागेको छ । त्यस्तै होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २७, १७ र १० अंकले बढेका छन् । अन्य समूहको परिसूचक भने १.७४ अंकले ओरालो लागेको छ ।