काठमाडौं, १७ असोज । सेवा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
उक्त निणर्य गत आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ ।
हाल बैंकको चुक्ता पूँजी ४२ करोड ५५लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ५० करोड ६४ लाख रुपैयाँ पुग्ने छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ६६५ रुपैयाँमा बिक्री भइरहेको छ ।