इनोभेटिभ डेभलपमेन्ट बैंकले २२ प्रतिशत लाभांश दिने, पूँजी ३८ करोड रुपैयाँ पुग्ने

<p>काठमाडौं, १७ असोज । इनोभेटिभ डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२ दशमलब ८९ प्रतिशत लाभांश दिने भएकोे छ । बैंकले २१ दशमलब ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब १४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निणर्य गत असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो [&hellip;]</p>

innovative_dev_bankकाठमाडौं, १७ असोज । इनोभेटिभ डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२ दशमलब ८९ प्रतिशत लाभांश दिने भएकोे छ । बैंकले २१ दशमलब ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब १४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।

उक्त निणर्य गत असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्य राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी ३१ करोड ७५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ३८ करोड ६८ लाख रुपैयाँ पुग्ने छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ४१८ रुपैयाँमा बिक्री भइरहेको छ ।

Share News