काठमाडौं १७, असोज । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ।
शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय र क्याम्पसलाई निर्देशन दिएको समाचार सोमबारको नेपाल समाचार पत्र दैनिकले छापेको छ।
शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले त्रिविलगायत सबै विश्वविद्यालयलाई पत्र पठाएर दशैं, तिहार, नयाँ वर्षलगायतका चाडपर्वमा शुभकामना कार्ड छपाइ गरेर वितरण नगर्न लिखित निर्देशन दिएपछि त्रिविले सबै निकायलाई परिपत्र गरेको हो।
दशैंको अवसर पारेर विभिन्न कर्पोेरेट हाउसदेखि सामान्य व्यक्तिलेसमेत कार्ड छाप्ने गरेका छन् । यस्तो कार्ड छपाईले छापई उद्योगलाई राम्रो लाभ हुने भएपनि यसको प्रयोग र महत्व भने निकै घटेको देखिन्छ ।