काठमाडौं, १६ असोज । जनउत्थान सामुदायिक लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैंकले कर प्रयोजनको लागि २ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय शनिबार बसेको बैंकको ९४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत दिएपछि तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी २ करोड ३० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी २ करोड ७६ लाख रुपैयाँ पुग्ने छ । आइतबार सम्म बैंकको प्रतिकित्ता सेयर करिब १७१२ रुपैयाँ किनबेच भइरहेको छ ।