काठमाडौं, १६ असोज । अरनिको डेभलपमेन्ट बैंकले ३६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त प्रयोजनको लागि असोज २८ गते बैंकको बुक क्लोज हुन लागेको छ ।
हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब ४५६ रुपैयाँमा किनबेच भइरहेको छ ।