काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (इयू) अन्तर्गतको युरोपेली आयोगले सुरक्षा सूचीमा अर्थात कालोसूचीमा राखेको तीन वर्ष पुग्नै लागेको छ ।
विसं २०७० को मंसिर २० गतेदेखि नेपालको हवाई उड्डयन क्षेत्रमा भएको कमजोरी सच्चाउन इयूले राखेको कालोसूची ३४ महिना देखि कायम नै छ । सरकारले वास्ता नगरेको कारण निजी क्षेत्रको सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको जहाज अफ्रिकामा नै अलपत्र रहेको छ ।
श्री एयरलाइन्सले ठूला ६ वटा हेलिकोप्टरबाट ६ वर्षदेखि संयुक्त राष्ट्र संघ (इयू)को शान्ति मिसन आन्तर्गत द्वन्द्वग्रस्त मुलुकमा उडान गरिरहेको थियो । नेपाली उड्डयन क्षेत्रलाई इयूले कालोसूचीमा राखेपछि श्रीका उडान तीन वर्षदेखि नै रोकिएको छ ।
२४ सीट क्षमताको एमआई १७ नामक हेलिकोप्टर यो वायुसेवाले उडाइरेहेको छ । दक्षिण एसियाको ठूलो हेलिकोप्टर प्रदायक कम्पनी हो यो वायुसेवा । अफ्रिकामा इयूले उडान रोकेपछि गत वर्षको भूकम्पछि केही समय नेपालमै उद्दारमा प्रयोग भएको भएपनि सधै हेलिकोप्टर उडानमा नआका कारण दुईवटा अफ्रिकामा नै रहेको छ ।
दुईवटा त्रिभुवन विमानस्थलमा थन्किएको छ भने अर्को दुईवटा मर्मतमा रहेको पनि श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले विकास न्युजसँगनको कुराकानीमा बताएका छन् ।
उनका अनुसार ६ वटा ठूला हेलिकोप्टरको उडान रोकिँदा मासिक रूपमै करोडौं रुपैयाँ घाटा लागेको छ । जहाज उडान नभएपनि कर्मचारी राखिरहनुपर्ने, प्रशासन चुस्त दुरुस्त राख्नुपर्ने, जहाज पार्किङ गर्दा काठमाडौं विमानस्थल र अफ्रिका दुबै स्थानमा पार्किङ शुल्क तिर्नुपर्ने भएकोले हरेक महिना घाटा भइरहेको छ । अझै उडानको समय निश्चित नभएकोले घाटाको हिसाव नै नभएको पनि मित्तलको भनाइ छ ।
मित्तलका अुनसार यो वायुसेवाले राम्रो काम गर्दा गर्दै पनि नेपालको उड्डयन क्षेत्र कमजोर भएको हुँदा अन्तर्राष्ट्रिय नागरिक संगठनको प्रतिवदेनपछि इयुले उडानमा रोक लगाएको हो ।
श्रीसँग भएको ठेक्का सम्झौता युनएनले नेपाली उड्डयन क्षेत्रको कालोसूचिकै कारण तोडेको हो । इयूको कालोसूचिमा परेको भनेर नेपाल सरकारबाट पनि कुनै पहल नभएका कारण हामीले पटकपटक सरकारसँग अनुरोध गर्दा पनि अझै केही भएका उनको भनाइ छ । हाम्रो केही गल्ती नहुदाँ पनि हामी चुप लागेर बस्न बाध्य छौ । सरकारले पनि कुनै वास्ता नगरेको गुनासो श्री एयरलाइन्सको छ ।
उडान गर्न पाइने आशामा अफ्रिकामै थन्कियो हेलिकोप्टर
जहाज राखेर अफ्रिामा जहाज राखरे इयुसँगको ठेक्कामा भने प्रतिस्पर्धा गरिहरेकोले पनि केहीगरी टेण्डर पायो भने एक सातामै उडाउनुपर्ने हुन्छ ।
त्यतिबेला नेपालबाट जान १५ दिन भन्दा बढी भएकोले पनि टेण्डर पायो भने छिटो उडाउन सजिलो हुन्छ भनेर अफ्रिकामा नै राखिरहेको श्री को भनाइ छ । ‘जबसम्म उड्डयन प्राधिकरणको कामजोरी हट्दैन तबसम्म युएनले लिन्न भनेको छ’, मित्तलले भने ।
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले भने लिएको छ । तर उसको अहिले ठेक्का नभएको कारण पनि हेलिकोप्टर थन्काउनुको विकल्प नभएको श्रीको भनाइ छ । भूकम्पअगाडि सबै हेलिकोप्टर उतै भएपनि हाल दुईवटा मात्रे अफ्रिकाम रहेको श्रीको भनाइ छ ।
यस्तो समस्या समाधान गर्न वायुसेवा संचालकले सामूहिक पहल त गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै चासो वा सक्रिता नदेखाएको पनि श्रीले बताएको छ । नेपाली झण्डा राखेर उडाइरहेको यो हेलिकोप्टरको सबै पक्ष राम्रो भएपनि सरकारी वेवस्थाका कारण अफ्रिकामा थन्किरहेको उल्लेख छ ।
‘श्रीले कुटनैतिक पहल गरेर हेलिकोप्टर उडाने वातावरण बनइदिन आग्रह गरेको थियो’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने । स्वदेशी कम्पनीले युएनमा प्रतिस्पर्धाबाट हेलिकोप्टर उडाउन पाउनु नेपालको लागि गौरवको विषय भएपनि उडड्डयन क्षेत्रको कालोसूचीका कारण कुटनैतिक पहलको विषय नरहेको पनि आचार्यले जानकारी दिए । यो विषयमा उड्डयन प्राधिकरणले पहल आवश्यक पहल गरेको हुनेसक्ने पनि आचार्यले बताए ।
‘युएनको शान्ति मिसनमा लगेर हेलिकोप्टर उडाउनु श्रीको व्यापारको विषय हो’, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक सञ्जिव गौतमले भने । राष्ट्रको झण्डा बोकेर गरेको उडान भएकोले यसलाई पुनः उडानमा ल्याउने विषयमा भने सरकाले कुटनैतिक पहल गर्ने विषय भएकोले प्राधिकरणसँग सरोकार नभएको पनि गौतमले बताए ।