काठमाडौं, १५ असोज । मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले आफ्नो र राजदुतावासको विरोधमा बोल्ने जो कोही नेपालीहरुलाई पनि विविध आरोप लगाएर नेपाल डिपोर्ट गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर पीडित दम्पती टेकबहादुर राना र देवी गुरुङले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा पीडित देवी गुरुङ्ले राजदुत बस्नेतको कार्यशैलीको विरोध गर्दा जबरजस्ती नेपाल पठाईएको गुनासो पोखिन् ।
उनका अनुसार उनीहरु नाबालक छोरासहित सपरिवार नै सन् २०१० देखि मलेसियाको क्वाललम्पुरमा भूदी कञ्चन एमएसडिएन विएचडी (हिमालयन रेष्टुरेन्ट) व्यवसाय गरी काम गर्दै आएको र सन् २०१४ देखि मलेसिया नेपाली व्यवसायी संघको कोषाध्यक्ष भई काम गरिरहेका थिए ।
राजदूत बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई सो संस्थालाई बुझाएको च्ः १२५० को रसिद दिने तर च्ः २१०० सम्म भुक्तानी लिई नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने निर्णयको विरोध गर्दा आफूहरु यस्तो शिकार बनेको गुरुङ्ले सुनाईन् ।
उनले अघि थपिन्,‘भ्रष्टाचारजन्य कार्यको विरोध मलेसियाका सम्पूर्ण संघसंस्थाको मिटिङमा नेपाली व्यवसायीको तर्फबाट यस्तो भ्रष्टाचारी राजदूतलाई पेटिकोट र जुत्ताको माला लगाइनुपर्छ भनी अभिव्यक्ति दिएकै भरमा राजदूत डा. बस्नेतले २०१६ जनवरीमा मलेसियाको प्रशासन र अध्यागमनलाई हामी निवेदकहरुलाई विनाकारण ठगीको आरोप लगाउँदै नेपाल डिपोर्ट गर्न पत्र लेखे, सोही पत्र लेखिएको भनी हामीलाई जानकारीसहित मलेसियाको पुलिस अनुसन्धानका लागि २०१६ जुलाईमा हामीले सञ्चालन गरेको रेष्टुरेन्टमा आई स–परिवारको सबै डकुमेन्टहरु लिई एम्बेसीले लेखेको पत्र देखाउँदै अनुसन्धान गरिरहेका छौं भन्दै साधारण सोधपुछ गरेर गए ।’
मलेसियन प्रहरीले सोधपुछ गरेपछि आफूहरु ‘स–परिवार’लाई मलेसियन एम्बेसी र राजदूतले नेपाल डिपोर्ट गर्न पत्र काटेको स्मरण गर्दै गुरुङ्ले भनिन्,‘हामीले राजदूत बस्नेतलाई सम्बोधन गरेर सन् २०१६ अगष्ट २ तारिखमा पहिलो निवेदन र अगष्ट ९ तारिखमा दोस्रो निवेदन दिएर हामी मलेसियाको नियम कानुनभित्र रहेर व्यापार व्यवसाय गर्दै आइरहेको र यसैक्रममा केही कमीकमजोरी भएको भए त्यो सुधार गर्दै अगाडि बढ्ने जानकारी गराउँदै आपूmहरुलाई नेपाल डिपोर्ट नगराई मलेसियामै व्यापार व्यवसाय गरेर बस्न दिन अनुरोध गरेर पत्र लेखेका थियौं, तर राजदुतले हाम्रो निवेदनको वेवास्ता गर्दै हामीप्रति व्यक्तिगत रिसइबी र इगोको आधारमा मलेसियन अध्यागमन र प्रहरीलाई राजदूतले ताकेता गरी २०१६ अगष्ट २५ मा रेष्टुरेण्टको ढोका तोडफोड गरी हामी स–परिवारलाई पक्राउ गर्न लगाए ।’