कैदी बन्दीको दसैं खर्च तीन सय रूपैयाँ, तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भनाइ

<p>काठमाडौं १५, असोज । नेपालीको महान पर्व बडादसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ। सर्वसाधारण क्षमताअनुसारको किनमेलमा व्यस्त छन्। परिवारसँगै मिठो मसिनो खाएर दसैं मनाउने तयारीमा छन्। तर जिल्ला कारागार सिन्धुलीका कैदी बन्दी भने कसैले दया देखाए दसैं मान्ने आसमा हुने गरेको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । दसैं मान्न सरकारले दिएको प्रतिकैदी [&hellip;]</p>

काठमाडौं १५, असोज । नेपालीको महान पर्व बडादसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ। सर्वसाधारण क्षमताअनुसारको किनमेलमा व्यस्त छन्।
jel-_1
परिवारसँगै मिठो मसिनो खाएर दसैं मनाउने तयारीमा छन्।

तर जिल्ला कारागार सिन्धुलीका कैदी बन्दी भने कसैले दया देखाए दसैं मान्ने आसमा हुने गरेको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

दसैं मान्न सरकारले दिएको प्रतिकैदी तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भएपछि उनीहरू कसैले सहयोग गरे मिठो खाने र आपसमा दसैं मान्ने तरखरमा छन्।

Share News