काठमाडौं, १४ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गरेको छ । बैंकले राष्ट्रिय पुननिर्माण प्राधीकरणसँग अनुदान रकम वितरण गर्ने विषयमा सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम यस बैंकले प्राधिकरणले तोकेको लाभग्राहीहरुको खाता खोलि जिल्ला विकास समितिद्वारा पठाईएको रकम सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा गरिसकेको छ ।
यस बैंकले पुनर्निर्माण प्राधिकरणबाट आएको विवरवण अनुसार जम्मा ४ हजार ४७२ जना लाभग्राहीहरुको खाता खोलेको र जसमध्ये बैंकले जम्मा ३ हजार ६९१ जना लाभग्राहीको रकम १८ करोड ४५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । साथै, २ हजार ३८१ जना लाभग्राहीले बैंकबाट रकम लिइसकेको र बाँकी १ हजार ३१० जना लाभग्राहीहरुको यथासिघ्र खाता सक्रिय गराउने बैंकले जानकारी दिएको छ ।
साथै रकम प्राप्त गरेको सम्पूर्ण लाभग्राही मध्ये २१५ जना लाभग्राहीहरुको विवरण अपूर्ण रहेकोले त्यस्ता लाभग्राहीहरुको खाता खोल्न बैंक असमर्थ रहेको र उक्त लाभग्राहीहरुको पूर्ण विवरण उपलब्ध गराइदिनुहुन सम्बन्धित निकायलाई जानकारी गराई सकेका छौ । साथै यस बैंकका कर्मचारीहरुले लाभग्राहीहरुको खाता खोल्न सहयोग पु¥याउदै सहज तरिकाले समयमै अनुदान वितरण गर्दै आएको छ ।
बैंकले भूकम्प प्रभावित जिल्लामा दोलखाको भिमेश्वर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मकवानपुरको हेटौडामा रहेको शाखाबाट निजी आवास अनुदान वितरण सम्बन्धी कार्यविधि परिपालना गर्दै अनुदान रकम वितरण गर्दै आएको बैंकले जनाएको छ ।