सात बैंक तथा वित्तीय संस्था मर्जर र एक्वायर गरेको प्रभु बैंकको सेयर कारोवार खोल्न राष्ट्र बैंकको स्वीकृति, ७९ हजार सेयरधनीलाई फाइदा

<p>काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोवार खुल्ला गर्नको लागि स्वीकृति दिएको छ । मर्जर र एक्विजिसन प्रक्रियामा रहेका संस्थाहरुको एकिकृत कारोवार लगत्तै तथा मर्जर र एक्विजिसन प्रक्रिया तोडिएर त्यसको १५ दिनभित्रमा सेयर कारोवार खुल्ला गरिसक्न धितोपत्र वोर्डले निर्देशन दिएपछि लामो सयमदेखि सेयर कारोवार रोकिएका दुबै बैंकको कारोवार खुल्ला गर्न राष्ट्र [&hellip;]</p>

prabhu-bankकाठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोवार खुल्ला गर्नको लागि स्वीकृति दिएको छ । मर्जर र एक्विजिसन प्रक्रियामा रहेका संस्थाहरुको एकिकृत कारोवार लगत्तै तथा मर्जर र एक्विजिसन प्रक्रिया तोडिएर त्यसको १५ दिनभित्रमा सेयर कारोवार खुल्ला गरिसक्न धितोपत्र वोर्डले निर्देशन दिएपछि लामो सयमदेखि सेयर कारोवार रोकिएका दुबै बैंकको कारोवार खुल्ला गर्न राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

प्रभुको सेयर कारोवार खुल्ला गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको पत्र प्राप्त भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेप्सेले यस्तो पत्र गत बुधबार पाएको हो ।

प्रभु बैंकमा ७ ओटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिसनको रुपमा विलय भएका छन् । प्रभुसँग किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, बैभव फाइनान्स र सम्बृद्धि विकास बैंक मर्ज भएका छन् भने प्रभुले ग्राण्ड बैंकलाई एक्वायर गरेको छ । सेयर कारोवार खुलेसँग बैंकका करिब ७९ हजार सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर विक्री गर्न पाउने भएका छन् ।

प्रभु बैंकमा सुरुमा किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भएका थिए । सोही मर्जरको कारण तत्कालिन प्रभु विकास बैंक र किष्ट बैंकको सेयर कारोवार ३० चैत २०७० देखि रोकिएको थियो । यी बैंक तथा वित्तीय संस्थाहरुको मर्जर सम्पन्न भएर प्रभु बैंकको नामवाट २९ भदौ २०७१ देखि एकिकृत कारोबार भएको थियो ।

चारओट बैंक तथा वित्तीय संस्थाविच मर्जर सम्पन्न भएपनि प्रभु बैंकको सेयर कारोवार खुल्ला भएको थिएन । यही विचमा ग्राण्ड बैंकलाई प्रभु बैंकले एक्वायर गर्ने सम्झौता भएपछि ग्राण्डको पनि सेयर कारोवार रोकिएको थियो । ग्राण्ड बैंकको सेयर कारोवार २४ असोज २०७२ देखि रोकिएको थियो । प्रभु बैंकले ग्राण्ड बंैकसँगको एक्वायर सम्पन्न गरेर २९ माघ २०७२ देखि एकिकृत कारोवार संचालन गरेपनि अहिलेसम्म सेयर कारोवार भने खुलेको थिए ।

Share News