दशैंमा तरकारीः ७३ प्रतिशत मूल्य बढाएपछि नबढाउने सहमति

<p>काठमाडौं, १४ असोज । चाडबाडको नजिक व्यापारसँगै मूल्य वृद्धि आकाशिनु नेपाली उपभोक्ताको दैनिकी बनिसकेको छ । बजारमा ७३ प्रतिशतसम्म तरकारीको मूल्य वृद्धि गरेपछि बाणिज्य मन्त्रालयले दशैंमा तरकारीको मूल्य नबढाउन व्यवसायीसँग सहमति गरेको छ । मन्त्रालय र तरकारी व्यवसायीबीच बिहिबार दशैंमा तरकारीको मूल्य नबढाउने सहमति भएस्को थियो । तर असोज ७ गतेदेखि असोज १४ सम्ममै आम [&hellip;]</p>

काठमाडौं, १४ असोज । चाडबाडको नजिक व्यापारसँगै मूल्य वृद्धि आकाशिनु नेपाली उपभोक्ताको दैनिकी बनिसकेको छ । बजारमा ७३ प्रतिशतसम्म तरकारीको मूल्य वृद्धि गरेपछि बाणिज्य मन्त्रालयले दशैंमा तरकारीको मूल्य नबढाउन व्यवसायीसँग सहमति गरेको छ ।

मन्त्रालय र तरकारी व्यवसायीबीच बिहिबार दशैंमा तरकारीको मूल्य नबढाउने सहमति भएस्को थियो । तर असोज ७ गतेदेखि असोज १४ सम्ममै आम उपभोक्ताले अत्याधिक उपभोग गर्ने तरकारीको मूल्य ७३ प्रतिशतसम्मले वृद्धि भएको छ ।

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा असोज ७ गतेदेखि १४ गतेकोबिचमा ७३ प्रतिशतसम्मले वृद्धि भएको हो । सो अवधीमा घिउ सीमीको मूल्य ७३ दशमलब शुन्य ८ प्रतिशतले वृद्धि भएको हो । एक हप्तामा भेडे खुर्सानीको मूल्य १९ दशमलब ३२ प्रतिशत, हरियो लसुनको मूल्य २७ दशमलब २७ प्रतिशत र गान्टे मुलाको मूल्य १४ दशमलब ५५ प्रतिशतले बढेको छ ।

त्यस बाहेक लौकाको मूल्य ४५ दशमलब ४५ प्रतिशत, तोरीको सागको मूल्य १८ दशमलब ८७ प्रतिशतले बढेको हो ।
पछिल्लो एक हप्तामा १४ वटा तरकारीको थोक मूल्य औषतमा २० दशमलब ७४ प्रतिशतले बढेको छ ।

Share News