काठमाडौं, १३ असोज । नेपालमा आन्तरिक उडान भर्दै आएका नेपालका वायुसेवा कम्पनीहरुले सामसङ ग्यालेक्सी नोट सेभन मोबाइल फोन जहाज भित्र लैजान प्रतिबन्ध गरेका छन् । हवाई सेवा कम्पनीहरु बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिक एयरलगायतले बिहीबारबाट उक्त फोन आफ्नो जहाजभित्र लैजान प्रतिबन्ध लगाएका छन् ।

नेपाल नागरिक उड्डय प्राधिकरणले सुरक्षाको कारण देखाउँदै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीका जहाजमा सामसङ ग्यालेक्सी नोट सेभन मोबाइल फोन लैजान प्रतिबन्ध गर्ने निर्णय गरेपछि ती कम्पनीहरुले विहीबारबाटै सामसङ ग्लोक्सी नोट सेभन प्रतिबन्ध गरेका हुन् ।
प्राधिकरणको उडान सञ्चालन शाखाका प्रबन्धक क्यापटेन दीपकुकमार लामाद्वारा हस्ताक्षरित पत्रमा सामसङ ग्यालेक्सी नोट सेभन मोबाइल जहाजभित्र लैजान प्रतिबन्ध प्रतिबन्ध लगाएको उल्लेख छ । चेक इन भइसकेको ब्यागमा पनि उक्त मोबाइल प्रतिबन्ध लगाएको पत्रमा उल्लेख छ ।
सामसङ नोट धमाधम पड्किन थालेपछि यसअघि नै अन्तर्रा्ष्ट्रिय वायुसेवा कम्पनीहरुले उक्त फोन लैजान प्रतिबन्ध लगाएको थियो ।
ग्यालेक्सी नोट सेभेन पड्केर तनावमा आएको सामसङको केही दिन अघि ग्यालेक्सी नोट टु मा आगो लागेको थियो । भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएको थियो ।
यसअघि अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए), इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया, इन्डिया लगायत धेरै देशमा ग्यालेक्सी नोट सेभन प्रतिबन्ध गरिसकेका छन् । संसारभरी सामसुङ मोवाइलमा समस्या आएपछि त्यसको धक्का विभिन्न देशका स्टक एक्सचेन्जमा परेको छ । एक महिनामा कम्पनीको सेयर मूल्यसाउथ कोरियन ओनमा १६ लाख ४५ हजारबाट १४६५ हजारसम्म झरेको छ ।