४२ प्रतिशत नेपाली शहरमा, यातायातमा लगानी नगर्ने संसारकै एक मात्र देश नेपाल

<p>काठमाडौं, १३ असोज । पुर्व सचिव तथा इञ्जिनियर किशोर थापाले यातायातमा लगानी नगर्ने संसारकै एक मात्र मुलुक नेपाल भएको बताएका छन् । बिहिबार राजधानीमा शहरी चुनौती र निजी क्षेत्रको भूमिका बिषयमा आयोजना गरिएको कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने–‘पब्लिक ट्रान्सपोर्टेशनमा लगानी नगर्ने संसारको एक मात्रै देश नेपाल हो ।’ उनले तिब्रगतिमा बढिरहेको शहरी जनसंख्या र [&hellip;]</p>

kathmandu_cityकाठमाडौं, १३ असोज । पुर्व सचिव तथा इञ्जिनियर किशोर थापाले यातायातमा लगानी नगर्ने संसारकै एक मात्र मुलुक नेपाल भएको बताएका छन् । बिहिबार राजधानीमा शहरी चुनौती र निजी क्षेत्रको भूमिका बिषयमा आयोजना गरिएको कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने–‘पब्लिक ट्रान्सपोर्टेशनमा लगानी नगर्ने संसारको एक मात्रै देश नेपाल हो ।’

उनले तिब्रगतिमा बढिरहेको शहरी जनसंख्या र कमजोर पुर्वाधारका कारण शहरहरु जोखिममा पर्दै गएको समेत बताए ।
उनले ४२ प्रतिशत नेपाली शहरमा बसोबास गर्ने बताउँदै शहरीकरणले सृजना गरेका अवसरसँगै आउने जोखिमको सामना गर्न सरकार र निजी क्षेत्रले एकिकृत पहल गर्नुपर्नेमा समेत जोड दिए ।

kathmandu-public-transportपुर्व सचिव थापाले धमाधम नगरपालिकाको घोषणा गरिनु पनि उचित नभएको बताए । नगरपालिकाहरुले २७ प्रतिशत श्रोत मात्रै आफ्नै राजश्वबाट संकलन गर्न सकिरहेको परिवेशमा अन्यत्रबाट जुटाइएको श्रोतले विकास गर्न कठिन हुने पनि बताए । सरकारले हालसम्म २१७ वटा नगरपालिका घोषणा गरिसकेको छ । थापाले रेमिट्यान्स र युवा जनशक्तिका कारण शहरीकरण बढेको बताउँदै त्यसलाई व्यवस्थित गर्न सकिए विकास र समृद्धि दुबै हासिल हुने पनि बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले शहर के हो भनेर विस्तृत अध्ययन गरिनु आवश्यक रहेको बताए । दैनिकीमा बिबिधता आउन नसकेसम्म शहरीकरणको अवधारणा पुरा नहुने उनले बताए । ‘शहरीकरण भनेको जीवन शैलीको बिबिधिकरण हो, हरेक दिन दुई छाक दाल भात खाएर शहरीकरण हुँदैन, खानामा पनि बिबिधता आवश्यक पर्छ’, डा. पोखरेलले भने ।

कृषिमा आधारित जनशक्तिलाई उद्योग र सेवा क्षेत्रमा स्थानान्तरण गरिएपछि शहरीकरणको अवधारणा कार्यान्वयन हुने डा. पोखरेलको दावी थियो ।

नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति ओम राजभण्डारीले व्यवस्थित शहरको विकासमा निजी क्षेत्रको ठुलो योगदान रहेको बताए । उनले सरकारी निकायको सहयोगमा जग्गा प्राप्तिलाई सहज बनाउन सकिए निजी क्षेत्रले व्यवस्थित शहर विकासका लागि थप योगदान दिन सक्ने समेत बताएका थिए ।

नेपाल इस्न्टिच्युट फर अर्बान एण्ड रेजिओनल स्टडिज(निउर्स), बृहत ग्रुप र महासंघको शहरी विकास समितिले आयोजना गरेको कार्यक्रममा शहरी विकासका विज्ञहरुले व्यवस्थित शहरीकरणमा जोड दिएका थिए ।

Share News