मञ्जुश्रीले १४ प्रतिशत बोनस दिने

<p>काठमाडौं, १३ असोज । मञ्जुश्री फाइनान्सले लगानीकर्तालाई १४ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको कम्पनीको १३०औँ सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरे पछि सेयर [&hellip;]</p>

manjushree_financeकाठमाडौं, १३ असोज । मञ्जुश्री फाइनान्सले लगानीकर्तालाई १४ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बुधबार बसेको कम्पनीको १३०औँ सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरे पछि सेयर धनीले सो मात्रामा लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात फाइनान्सको पूँजी २८ करोड ५७ लाख रुपैयाँ पुग्ने छ ।

Share News