विराटलक्ष्मी विकास बैंकले १८ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, १३ असोज । विराटलक्ष्मी विकास बैंकले १८ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि बैंकले शून्य दशमलब ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन [&hellip;]</p>

काठमाडौं, १३ असोज । विराटलक्ष्मी विकास बैंकले १८ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि बैंकले शून्य दशमलब ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको प्रतिकित्ता सेयर करिब ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News