निर्धन उत्थान बैंकले ३१ प्रतिशत लाभांश दिने, पूँजी ५९ करोड ९७ लाख रुपैयाँ पुग्ने

<p>काठमाडौं, १३ असोज । निर्धन उत्थान बैंकले सेयरधनीलाई ३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस सेयर र ११ दशमलब ५८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले [&hellip;]</p>

nirdhan_utthanकाठमाडौं, १३ असोज । निर्धन उत्थान बैंकले सेयरधनीलाई ३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस सेयर र ११ दशमलब ५८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी ४९ करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको पूँजी ५९ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब २ हजार १३० रुपैयाँमा किनबेच भइरहेको छ ।

Share News